नेकपा एमालेको संसदीय दलको बैठकपछि पार्टी सचिवालय बैठक पनि बोलाएको छ।
एमालेले आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो।
संसदीय दलको बैठकपछि साँझ ६ बजेका लागि सचिवालय बैठक बोलाएको छ।
बैठक अध्यक्ष केपीको ओलीको गुन्डुस्थित निवासमा बस्ने एमाले सचिवालयले जनाएको छ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलको पक्राउ र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।
प्रकाशित: ९ असार २०८३ ११:३५ मंगलबार

