नेकपा (एमाले)को बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिइँदै आएको समर्थनबारे ‘पर्ख र हेर’ को नीति लिएको छ ।
सो दलको आज काठमाडौँमा भएको बैठकले तत्काल प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा हाल यथावत् रहने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा निदेशचन्द्र देवकोटाले जानकारी दिए।
यही साउन १ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुद दीपकप्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्मा रहेका एमालेका अधिकांश मन्त्रीलाई विना विभागीय मन्त्री रहने गरी हेरफेर गरेका छन्।
प्रदेश सरकारका गठनबन्धन उलटपुलटबारे विभिन्न दलबीच शीर्ष तहमा संवाद चलिरहेको छ । -रासस
प्रकाशित: ४ श्रावण २०८३ १९:१० सोमबार





