९ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

एमालेले भन्यो- हाम्रो अग्रसरतामा क्रिकेट रुखको हाँगाबाट आधुनिक युगसम्म पुग्यो

नेकपा (एमाले) ले नेपाली क्रिकेटको आधुनिक पूर्वाधार निर्माण र विकासमा आफ्नो पार्टीको मुख्य अग्रसरता तथा योगदान रहेको बताएको छ।

नेपाल प्रिमियर लिगको अवसरमा शुभकामना सन्देश दिँदै एमालेले खेलकुद पूर्वाधारको ऐतिहासिक फड्कोमा पार्टीको भूमिका स्मरण गराएको छ।

साथै, एमालेले नेपाली क्रिकेट खुला चौर र रुखको हाँगाबाट आधुनिक प्यारापिट तथा फ्लडलाइटको युगमा प्रवेश गरेको उल्लेख गरेको हो।

‘खुला चौर र रुखको हाँगामा बसेर हेरिने नेपाली क्रिकेट, आधुनिक प्यारापिट र फ्लडलाइट मुनि खेलिने युगमा प्रवेश गरेको छ,’ एमालेले लेखेको छ, ‘क्रिकेटको यो ऐतिहासिक विकास र आधुनिक पूर्वाधार निर्माणमा नेकपा (एमाले) सदैव प्रतिबद्ध र अग्रसर रहँदै आएको छ।’

एमालेले समग्र नेपाली क्रिकेट क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै नेपाल प्रिमियर लिग तेस्रो संस्करणको भव्य सफलताको शुभकामना समेत दिएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App