२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगमा दुई सदस्यलाई आज नियुक्त गरेका छन्।  

प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिस एवं प्रदेश लोकसेवा ऐन, २०७६ को दफा ३ को उपदफा (२) बमोजिम प्रदेश लोकसेवा आयोगको सदस्य पदमा विराटनगर–३, मोरङकी रूपा थापा ओझा र उर्लाबारी–५, मोरङका भीमबहादुर सुब्बा (फुदोङ) लाई  नियुक्त गरेका हुन्।  

त्यसैगरी आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनियुक्त सदस्यलाई आजै प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (८)  बमोजिम सदस्य पदमा पद तथा गोपनीयताको सपथ गराएका छन्। 

सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीहरुका उपस्थिति रहेको थियो। 

प्रकाशित: ७ जेष्ठ २०८३ १५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App