२८ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

सुनकोशी मरिन आयोजनाका तीन प्रस्ताव प्राविधिक मूल्यांकनमा योग्य

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत्‌गृह तथा सम्बन्धित संरचना निर्माणका लागि प्राविधिक रूपमा योग्य ठहरिएका छन्। 

आयोजनाले असोज २७ गते प्रकाशित गरेको सूचनाअनुसार चीनको चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्ल्यूई), आनिङ–आरसीसी संयुक्त उपक्रम (जेभी) र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड प्राविधिक रूपमा योग्य ठहरिएका हुन्।

आयोजनाले यी तीनवटै बोलपत्रदातालाई आर्थिक प्रस्ताव खोल्ने कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। उनीहरूको आर्थिक प्रस्ताव आगामी कात्तिक १६ गते दिउँसो १ बजे सिन्धुलीस्थित आयोजना कार्यालयमा खोलिने सूचनामा उल्लेख छ। 

आयोजनाको ठेक्का नम्बर एसएमडीएमपी र आरबी रसिभिल–एचएम र आईसीबी–०२ २०८२–८३ अन्तर्गत बाँध, विद्युत्‌गृह, हाइड्रोमेकानिकल उपकरण तथा सम्बन्धित संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको थियो।

पूर्वाधार विज्ञ तथा प्रतिनिधिसभा सदस्य आशिष गजुरेलले पनि आयोजनालाई अघि बढाउने प्रक्रिया अगाडि बढेको बताएका छन्। उनका अनुसार आयोजनाका लागि पेस भएका ६ वटा प्रस्तावमध्ये प्राविधिक मूल्याङ्कनबाट तीनवटा प्रस्ताव योग्य ठहरिएका हुन्।  

करार सम्झौता रद्द भएपछि अलपत्र अवस्थामा पुगेको आयोजनालाई पुनः सही दिशामा अघि बढाउन सफल भएको गजुरेलको भनाइ छ। आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेपछि बाँकी निर्माण कार्य अघि बढ्ने प्रक्रिया अगाडि बढेको उनले बताएका छन् । 

प्रकाशित: २७ आश्विन २०८३ १७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App