२ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

घुस लिने र दिनेसँगै थाहा पाएर पनि चुप बस्ने देशका शत्रु हुन् : तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले घुस लिने र दिनेसँगै भ्रष्टाचारबारे जानकारी पाएर पनि मौन बस्नेहरू देशका शत्रु भएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएकी हुन्। उनले घुस लेनदेनबारे जानकारी पाए सम्बन्धित निकायमा खबर गर्न र भ्रष्टाचारको भण्डाफोर गर्न आग्रह समेत गरेकी छन्।

'घुस लिन्या र दिन्या दुवै देशका शत्रु हुन्। घुस लेनदेन भएको थाहा पाएर पनि नदेखे जसो गर्ने, नसुने जसो गर्ने पनि देशका शत्रु हुन्,' उनले भनेकी छन्।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्न हरेक तह, तप्का र प्रत्येक नागरिक उत्तिकै सचेत, जिम्मेवार र जुझारु भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएकी छन्।

'सम्बन्धित ठाउँमा खबर गरौँ। भण्डाफोर गरौँ। पर्दाफाश गरौँ। भ्रष्टाचार मुक्त समाज बनाउन हरेक तह र तप्का अनि प्रतेक नागरीक उत्तिकै जुझारु, सजक र जिम्मेवार भएर हातेमालो गर्नुपर्छ,' उनले भनिन्।

प्रकाशित: ३० आश्विन २०८३ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App