९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज छैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए।

उनले नेपाली कांग्रेसको आसन्न महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए। तत्काल सरकारका मन्त्रीहरू हेरफेर नहुने सभापति देउवाले स्पष्ट पारे। उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरे।

प्रकाशित: २१ भाद्र २०८२ १२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App