२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसमा अब कुनै गुट छैन, मेरो नाममा चिट नबाँड्नुस्: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य भएको बताउँदै आफ्नो नाममा कसैलाई पनि मतदानको चिट नबाँड्न आग्रह गरेका छन्।

पार्टीको १५औं महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै उनले विशेष र नियमित महाधिवेशन पक्षधरको विवाद अब समाप्त भइसकेको बताएका हुन्।

महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्र विगतदेखि चल्दै आएका सबैखाले गुट र उपगुटको औचित्य सकिएको बताए।

‘अब विशेष नविशेष भन्ने सकियो, यहाँ कुनै पक्ष अब छैन,’ थापाले भने, ‘अब छत्तिसे, चौहत्तरे, देउवा पक्ष, अर्को पक्ष कोही छैन।’

महाधिवेशन स्थलमा आफ्नो नाम जोडेर प्यानलको चिट बाँडिएको प्रति असन्तुष्टि जनाउँदै सभापति थापाले आफ्नो कुनै छुट्टै समूह नरहेको बताए। कसैको व्यक्तिगत स्वार्थका लागि गुटको राजनीति नगर्न उनले नेता-कार्यकर्तालाई चेतावनी दिए।

आफ्नो नाम दुरुपयोग नगर्न सचेत गराउँदै उनले भने, ‘गगन पक्ष भन्दै चिट बाँडेको देखेको छु। त्यो काम नगर्नुहोला।’

प्रकाशित: २१ आश्विन २०८३ १८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App