नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको आलोचना नगर्ने सहमति जुटेको बताएका छन्।
आइतबार एमाले कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले अध्यक्षविरुद्ध कहिँ पनि नबोल्ने सहमती भएको बताए।
अध्यक्षको राजीनामा लगायतका कुरा प्रतिवेनमा नलेखिने बताउँदै उनले भने ‘अध्यक्षको आलोचना नगर्ने, राजीनामा नमाग्ने पदबाट नहटाउने कहिँ पनि बोल्दा पनि नबोल्ने, विशेष महाधिवेशन नगर्ने, ७० वर्षे, २ कार्यकाल र नेतृत्व परिवर्तनको कुरा अहिले नगर्ने, भोलि नियमित महाधिवेशन र विधान अधिवेशनबाट हुन्छ।’
यस्तै, बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेका प्रतिवेदनलाई एकीकृत बनाएर अगाडी सारिएको बताए। उक्त प्रतिवेदन सचिवालय र केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको उनले बताए।
यस्तै, उनले १३ वटा समूहबाट आएका सुझावलाई अनुसूचीमा राख्ने सहमति बनेको र पार्टीलाई जुझारु ढंगले अघि बढाउने तथा सरकारविरुद्ध सशक्त ढंगले आन्दोलन गर्न बैठक बोलाउने निर्णय भएको बताए।
प्रकाशित: ४ आश्विन २०८३ १५:२७ आइतबार





