२५ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

घण्टीघरबाट सुरुभयो हामी सुन्छौँ अभियान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या र अमूल्य सुझाव प्रत्यक्ष सुन्ने उद्देश्यले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय घण्टीघर, काठमाडौंमा सोमबारदेखि सुरु भएको अभियानको पहिलो भेटघाटमा नागरिक तथा सरोकारवालाका गुनासा र सुझाव सुन्ने कार्यक्रम आयोजना गरिएको हो।

रास्वपाका अनुसार अभियानमार्फत नागरिकका समस्या प्रत्यक्ष रूपमा सुन्ने र त्यसको सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने लक्ष्य राखिएको छ। पार्टीले नागरिक र जनप्रतिनिधिबीच प्रत्यक्ष संवाद बढाउँदै जनताका समस्या समाधानमा पहल गर्ने जनाएको छ।

पहिलो भेटघाट कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य अंकित कुमार यादव र प्रतिनिधिसभा सदस्य डा. अंकिता ठाकुर सहभागी भएका थिए। कार्यक्रममा आएका नागरिकले विभिन्न समस्या, गुनासा तथा सुझाव राखेका थिए।

रास्वपाले ‘हामी सुन्छौँ’ अभियानलाई नागरिकका आवाजलाई पार्टीको नीति तथा कामसँग जोड्ने माध्यमका रूपमा अघि बढाउने जनाएको छ। पार्टीले अभियानअन्तर्गत नियमित रूपमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने योजना बनाएको छ।

प्रकाशित: २५ श्रावण २०८३ १७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App