२१ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

जनताको आवश्यकता जहाँ छ, प्रदेश सरकारको उपस्थिति त्यहीँ हुनुपर्छ : मुख्यमन्त्री थापा मगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्वपूर्ण पूर्वाधार निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

उनले 'जनताको आवश्यकता जहाँ छ, प्रदेश सरकारको उपस्थिति त्यहीँ हुनुपर्छ' भन्ने प्रतिबद्धतासहित सरकार अघि बढिरहेको उल्लेख गरेका छन्। मुख्यमन्त्री थापा मगरका अनुसार बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय, नुवाकोटको सक्रियतामा नुवाकोटस्थित देवीघाटमा तुईन जडान गरी सञ्चालनमा ल्याइएको छ।

तुईन सञ्चालनमा आएसँगै त्रिशूली नदी वारिपारि आवतजावत गर्न तथा स्थानीयस्तरमा खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने उनले विश्वास व्यक्त गरेका छन्। 'विपद्, अभाव र कठिनाइका समयमा जनताको दैनिक जीवनलाई सहज बनाउने यस्ता काम सानो देखिए पनि जनजीवनमा ठूलो अर्थ राख्छन्,' मुख्यमन्त्री थापा मगरले भने।

उनले जनताको आवश्यकता र सहजताका लागि प्रदेश सरकार निरन्तर काम गरिरहेको बताउँदै आवश्यकताअनुसार यस्ता पूर्वाधार निर्माण तथा सञ्चालनलाई प्राथमिकतामा राखिने स्पष्ट पारेका छन्। 'विपद्, अभाव र कठिनाइका समयमा जनताको दैनिक जीवनलाई सहज बनाउने यस्ता काम सानो देखिए पनि जनजीवनमा ठूलो अर्थ राख्ने पूर्वाधार निर्माण र सञ्चालनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ', उनले भने।

देवीघाटमा तुईन जडान तथा सञ्चालनका लागि सक्रियता र समन्वयका साथ खटिएका पूर्वाधार विकास कार्यालय, नुवाकोटका सम्पूर्ण कर्मचारी तथा प्राविधिकहरूलाई उनले धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

भाेटेकाेशी र त्रिशूली नदीकाे बाढीले पुल बगाए पछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयवासीका लागि तुइन सञ्चालनमा आएसँगै दैनिक आवतजावत तथा अत्यावश्यक सामग्री ओसारपसारमा प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २१ भाद्र २०८३ ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App