प्रतिनिधिसभा सदस्य यशोदा कुमारी बरालले प्रधानमन्त्रीले सांसदहरूको कुरा नसुनी संसदबाट बाहिरिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीले आफ्ना त्रुटिहरू सच्याउँदै सांसदका प्रश्नको जवाफ दिने अपेक्षा गरेको भए पनि सांसदहरूको कुरा दुई मिनेट पनि नसुनी बैठकबाट बाहिरिएको भन्दै उनले दुःखद व्यक्त गरेकी छिन्।
उनले प्रधानमन्त्री संसदमा उपस्थित भएकाले अबदेखि समय मागेर पटक–पटक बोल्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरेको भएपनि प्रधानमन्त्रीले सांसदहरूको कुरा दुई मिनेट पनि नसुनी बैठकबाट बाहिरिएको बताइन्।
बरालले भनिन्, ‘म आज एकदम खुसी भएको थिएँ। प्रधानमन्त्रीज्यू आउनुभएको छ, अब भोलिदेखि हामीले पटक–पटक समय माग्नुपर्ने अवस्था हुँदैन कि, उहाँले सांसदका प्रश्नको जवाफ दिनुहुन्छ कि भन्ने अपेक्षा थियो। उनले थपिन, ‘तर हाम्रो कुरा दुई मिनेट पनि नसुनी उहाँ बाहिरिनुभयो। यो अत्यन्त दुःखद कुरा हो।’
प्रकाशित: ३० असार २०८३ १४:२९ मंगलबार





