२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

कक्रोच पार्टीका कानुनी मामिला प्रमुख पनि पक्राउ

भारतमा कक्रोच जनता पार्टी (सीजेपी) ले गरेको प्रदर्शनका क्रममा चर्चित युट्युबर ध्रुव राठीसहित ६०० जनालाई प्रहरीले हिरासतमा लिएको छ। 

सीजेपीका संस्थापक अभिजित दीपके, सहसंयोजक आशुतोष रान्का र नेता सौरभ दासलाई पनि दिल्ली जाने विमानबाटै नियन्त्रणमा लिइएको पार्टीले जनाएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार ध्रुव राठीलाई गुरुग्रामस्थित उनको घरबाट पक्राउ गरिएको थियो। राठीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई पनि वकिलहरूको बैठकमा सहभागी हुन जाने क्रममा बाटोबाटै हिरासतमा लिइएको खबर सार्वजनिक भएको छ । 

प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआर प्रक्रिया निलम्बनको माग गर्दै सीजेपीका समर्थकहरूले शनिबार दिल्लीको जन्तरमन्तर र कनट प्लेसमा प्रदर्शन गरेका हुन्। प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले राजधानीका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रदर्शनकारी र प्रहरीबीच केही स्थानमा झडपसमेत भएको बताइएको छ।

प्रकाशित: २४ आश्विन २०८३ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App