९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

अमेरिका त सानदार होला भन्ने भावना निराशावादी विचार हो: नेपाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिका त सानदार होला भन्ने भावना निराशावादी विचार भएको टिप्पणी गरेका छन्।

सोमबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन्। ‘कसै-कसैको मनमा के कुरा भएको पाइन्छ भने युरोप भनेको त सानदार होला, अमेरिका त सानदार होला, हामी त केही पनि गर्न नसक्ने हो कि भन्ने भावना कसै कसैमा छ। त्यो निराशावादी विचार हो। त्यो होइन,’ नेपालले भने।

उनले संसारभरका देशहरूले नेपाललाई सम्मान गर्ने गरेको सुनाए। तेन्जिङ शेर्पाको नाम लिँदै अध्यक्ष नेपालले नेपाललाई भने, ‘संसारको सबैभन्दा उच्च चुचुरोमा पुग्ने पहिलो नेपाली तेन्जिङ शेर्पा, नेपाली उत्रिए। नेपाली इतिहास, कीर्तिमान कायम गरे। त्यो कीर्तिमानी व्यक्तिको सम्मानमा दुई वर्ष पहिले न्युजिल्यान्डका त्यहाँका एड्मन हिलारीसँग जोडिएका संस्थाका व्यक्तिहरूले मलाई बोलाएका थिए।’

प्रकाशित: १९ श्रावण २०८२ १४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App