२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनको कामबारे आयोगले सरकारलाई जानकारी गरायो

निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचन लक्षित काम र प्रगतिबारे सरकारलाई जानकारी गराएको छ ।  

आयोगका पदाधिकारीसहित बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा आयोगले काम र प्रगतिबारे जानकारी गराएको हो ।  

यसअघि आजै आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गर्ने आयोगले निर्णय गरेको थियो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागू गरेको हो ।  

तस्बिर: प्रधानमन्त्रीको सचिवालय

प्रकाशित: ४ माघ २०८२ १७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App