परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका परराष्ट्रमन्त्री इरुथिशाम आदमले टेलिफोन वार्ता गरेकी छन्।
आज दिउँसो उनीहरू बिच टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। टेलिफोन कुराकानीका क्रममा मन्त्री आदमले यस दुखद घडीमा नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेकी थिइन्।
परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि माल्दिभ्स सरकार तथा जनताप्रति गहिरो आभार व्यक्त गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार दुवै परराष्ट्रमन्त्रीले जलवायु परिवर्तनका दृष्टिले जोखिममा रहेका देशहरूले सामना गरिरहेका साझा चुनौतीबारे छलफल गर्दै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा जलवायु न्याय र थप प्रभावकारी जलवायु कार्यका लागि सहकार्य अघि बढाउने प्रतिबद्धता दोहोर्याए।
प्रकाशित: २२ भाद्र २०८३ १३:४७ सोमबार





