३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

सुमनाले भनिन्: जेन-जीको संघर्षलाई सलाम, यो सुरुवात मात्र हो, बाटो लामो छ

फाइल तस्बिर।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले हालको परिवर्तन एक सुरुवात मात्र भएको र देश निर्माणको लामो बाटो हिँड्न अझै बाँकी रहेको बताएकी छन्।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा भौतिक रूपमै उपस्थित भएर फर्केपछि नेतृ श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेकी हुन्। उनले देशको पहिलो महिला प्रधानमन्त्रीलाई बधाई दिँदै ऐतिहासिक परिवर्तनको श्रेय जेन-जीलाई दिइन्।

जेन-जीको साहसको प्रशंसा गर्दै उनले लेखिन्, ‘तपाईंहरुको अथाह साहस र संघर्षलाई सलाम। तर याद राख्नुहोस्, यो त तपाईहरुको सुरुवात मात्र हो। अझ लामो बाटो हिड्न बाँकी नै छ।’

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले शपथ ग्रहण समारोह बहिष्कार गरिरहेको बेला, सुमना भने शपथ समारोहमा सहभागी थिइन्।

प्रकाशित: २७ भाद्र २०८२ २३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App