१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

मन्त्री छनोटमा असहमति राख्दै सुदन समूहले माग्यो प्रधानमन्त्रीको राजीनामा

फाइल तस्बिर

मनलाग्दी मन्त्रिमण्डल गठन गरेको भन्दै सुदन गुरुङको समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै आइतबार राती  बालुवाटार अगाडि नाराबाजी गरेको छ।

गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाममा असहमति जनाउँदै उनीहरूले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन्। ‘सहजकर्ता बनेर आएको मानिस किन गृहमन्त्री भन्दै,’ उनीहरू आक्रोशित भएका थिए। आन्दोलन अपहरणमा परेको भन्दै उनीहरूले त्यस्तो नगर्न चेतावनी समेत दिए।

‘हामीले नै प्रधानमन्त्री बनाएर यहाँ ल्याएका हौ,’ सुदनले प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिँदै भने, ‘यस्तै हो भने हटाउन सक्ने क्षमता पनि राख्छौ।’ 

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद्: अर्थमा रामेश्वर, ऊर्जामा कुलमान, गृहमा ओमप्रकाशलाई जिम्मेवारी

 

प्रकाशित: ३० भाद्र २०८२ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App