६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

बाढी प्रभावितलाई गुम्बामा अकुपञ्चरसहित तनाव व्यवस्थापन शिविर

फाइल तस्बिर।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित भई काठमाडौंमा आश्रय लिइरहेका नागरिकका लागि निःशुल्क तनाव व्यवस्थापन तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

नेपाल अकुपञ्चर मोक्सिबुसन तथा अकुप्रेसर सङ्घले विस्थापितहरूको मानसिक तथा शारीरिक स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गरेको हो।

गत भदौ १० गतेको भीषण बाढीका कारण प्रभावित भई काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बा, नुब्री गुम्बा र रातो गुम्बामा बस्दै आएका रसुवा र नुवाकोटका नागरिकलाई लक्षित गरेर विगत एक सातादेखि शिविर चलाइँदै आएको छ।

शिविरमा प्राकृतिक चिकित्सा विधिअन्तर्गत अकुपञ्चर र अकुप्रेसर सेवाका साथै मानसिक त्रास र तनाव कम गर्ने परामर्श सेवा उपलब्ध गराइएको छ। सङ्घका महासचिव रामदेव महतोका अनुसार दैनिक एक सयभन्दा बढी बाढी प्रभावितहरूले यो सेवा लिइरहेका छन्।

प्राकृतिक उपचार र परामर्श सेवापछि बाढीका कारण आत्तिएका र मानसिक पीडामा रहेका नागरिकलाई तनाव व्यवस्थापनमा ठूलो राहत पुगेको छ। सङ्घले यो सेवालाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित: ६ आश्विन २०८३ २१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App