२० भाद्र २०८३ शनिबार
image/svg+xml
राजनीति

रसुवामा बेपत्ता ९ नागरिकको खोजी बुझ्न दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपालमा

रसुवाको बाढी-पहिरोमा बेपत्ता आफ्ना नौ नागरिकको खोज तथा उद्धारलाई मुख्य प्राथमिकतामा राख्दै दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने भ्रमणका क्रममा शनिबार काठमाडौं आइपुगेका छन्।

भ्रमणका क्रममा विदेशमन्त्री चोले नेपाली समकक्षी परराष्ट्रमन्त्री शिशिर खनालसँग औपचारिक भेटवार्ता गर्नेछन्। सो अवसरमा उनले जलविद्युत् आयोजना निर्माणस्थलबाट बेपत्ता भएका कोरियाली नागरिकहरूको खोजी कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन नेपाल सरकारसँग आग्रह गर्ने कार्यक्रम छ।

गत भदौ १० गते रसुवामा आएको भीषण बाढी तथा पहिरोमा परी जलविद्युत् आयोजनामा कार्यरत नौ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएका थिए। बेपत्ता हुनेहरूमा दोसान एनर्बिलिटीका ६ जना र कोरिया साउथ–इस्ट पावर कम्पनीका ३ जना कर्मचारी रहेका छन्।

नेपाल बसाइका क्रममा विदेशमन्त्री चोले बेपत्ता कोरियाली नागरिकका परिवारजनसँग भेटघाट गर्नेछन्। साथै, उनले बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा दुई देशबीचको द्विपक्षीय चासोका विविध आयामबारे समेत उच्चस्तरीय छलफल गर्नेछन्।

प्रकाशित: २० भाद्र २०८३ २१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App