१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले विवादमा पार्नुपर्ने विषय नै होइन: भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन्। शुक्रबार (आज) काठमाडौंको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन्।

'मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन,' उनले भनिन्। उनले आफू पार्टी सदस्यता बनेको ४५ वर्ष बितिसकेको बताएकी छन्। 'त्यसैले पार्टीप्रतिको आशा र सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन,' उनले भनिन्।

उनले आफू विचलित नहुने पनि बताइन्। 'म सबै साथीहरूलाई पार्टीका मूल्यहरूलाई आत्मसात् गर्दै पार्टी निर्माणमा सक्रिय हुनका लागि आग्रह गर्दछु,' उनले भनिन्, 'पार्टी बनाउन म र मजस्ता हजारौंको हात छ।'

प्रकाशित: ९ श्रावण २०८२ १५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App