३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनित गरेका छन् । 

पार्टी विधानको धारा २१ को उपधारा (४) श्रेष्ठलाई केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

श्रेष्ठ यसअघि १४औं महाधिवेशनबाट आएको कार्यसमितिमा पनि कोषाध्यक्षको जिम्मेवारीमा थिए । विद्यालय देखि विभिन्न व्यवसायमा रहेका श्रेष्ठलाई पार्टीको कोषाध्यक्षको जिम्मेवारी दिएको भन्दै यसअघि तत्कालिन सभापति शेरबहादुर देउवाको कांग्रेसभित्रबाट तीब्र आलोचना भएको थियो ।

प्रकाशित: १ जेष्ठ २०८३ १९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App