१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

श्रम संस्कृति पार्टीकी सांसद रुवीले गराइन दाइजो र बेरोजगारीको मुद्दामा सरकारको ध्यानाकर्षण

श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारीले बुधबार प्रतिनिधिसभाको बैठकमा दाइजो प्रथा र बेरोजगारीसम्बन्धी गम्भीर समस्या औंल्याएकी छन् ।

उनले देश तथा प्रदेशमा अहिले दाइजोको कारण धेरै जनताहरु, विशेष गरी महिलाहरु पीडित भैरहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘देश तथा प्रदेशमा अहिले दाइजोको कारण धेरै जनताहरु, विशेष गरी महिलाहरु पीडित भैरहेका छन् । दाइजोका कारण महिलाहरु मर्न बाध्य भएका छन् । यसैले दाइजोमुक्त समाजको आवश्यकता छ ।’

यसैगरी उनले मधेस प्रदेशमा युवाहरुको रोजगारको अवस्था धेरै नै जटिल रहेको बताइन् । उनले सरकार परिवर्तन भए पनि दाइजो र कृषि सम्बन्धी समस्या अझै समाधान हुन नसकेको गुनासो गरिन् ।

उनले भनिन्, ‘युवाहरु बेरोजगार छन् । मधेस प्रदेशमा युवाहरुको रोजगारको अवस्था धेरै नै जटिल छ । यसका साथै कृषकहरुको अवस्था पनि गम्भीर छ । सिँचाईको लागि पर्याप्त पानीको व्यवस्था हुनुपर्छ। सरकार परिवर्तन भए पनि दाइजो र कृषि सम्बन्धी समस्या अझै समाधान भएको छैन ।’

प्रकाशित: २५ चैत्र २०८२ १४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App