कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पालाई तोकेको छ।
नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको उक्त बैठकले प्रदेश लोकसेवा आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ।
प्रवक्ता शेर्पाका अनुसार बैठकले राजनीतिक तथा प्रशासन समिति, कानुन, न्याय तथा प्रदेश मामिला समिति र आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार समिति निर्माणसँगै मुख्यमन्त्री सम्मेलनको अवधारणापत्र स्वीकृत गर्ने निर्णय गरिएको छ।
प्रकाशित: ३ भाद्र २०८३ १६:३१ बुधबार

