४ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

सचिवालय सदस्य श्रेष्ठले लिए सपथ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदकाे सपथ लिएका छन् ।  

आइतबार केन्द्रीय सचिवालयकाे बैठक अगाडि सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गाेपनियताकाे सपथ गराएका हुन् । 

मन्त्री श्रेष्ठ गत असारमा चितवनमा सम्पन्न रास्वपाकाे प्रथम महाधिवेशनबाट २ हजार १२३ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।  

भदौ ५ गते बसेकाे केन्द्रीय समिति बैठकबाट सभापति लामिछानेले श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्य मनाेनीत गरेका थिए ।  

सपथ लिँदै मन्त्री श्रेष्ठले जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।  

`रास्वपा प्रथम ऐतिहासिक महाधिवेशनमा २/३ भन्दा पनि बढी मत प्रदान गरी केन्द्रीय समिति सदस्यमा निर्वाचित गर्नुभएकोमा पार्टीको सार्वभौम सदस्यज्यूहरू सम्पूर्णमा हार्दिक आभार,´ सपथ लिँदै मन्त्री श्रेष्ठले भनेका छन्, `सबैको साथ, सहयोग, समन्वय र सुझावलाई आत्मसात् गर्दै आफ्नो जिम्मेवारी र कर्तव्य निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

प्रकाशित: ४ आश्विन २०८३ १४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App