४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

देश संकटको घडीमा रहेको भन्दै समाधान गर्न योगेशले सुझाए १० प्रस्ताव

नेकपा एमालेका सचिव योगेश भट्टराईले हतारमा निर्णय गर्दा सही ठाउँमा नपुग्ने भन्दै गम्भीर भएर देशका लागि सोच्न आग्रह गरेका छन् ।  

उनले यतिबेला देश इतिहासकै गम्भीर संकटको अवस्थामा रहेको बताउँदै सबै तनावको बेलामा भएकाले गम्भीरताका साथ निर्णय लिनुपर्ने बेलामा रहेको बताएका छन् ।  

उनले भनेका छन्, ‘प्रिय कमरेडहरू! हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौँ । देश र समाज भयानक अस्थिरतामा छ । हामी सबै तनावमा छौँ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाऊँमा पुर्याउँदैन ।’

यो अवस्थामा सोचविचारसहित अघि बढ्नुपर्ने बताउँदै उनले १० बुँदे सुझाव अघि सारेका छन् ।  

यी हुन् योगेशका १० सुझाव  

१. विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरौँ, हामीबाट भएका कमजोरीको समीक्षा गरौँ । ग़ल्तीप्रति आत्मालोचित होऔँ।  

२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ । यो काम होशियारी पूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।  

३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौँ ।  

४. पार्टीका आन्तरिका प्रक्रियालाई पूर्णत: पारदर्शी र लोकतान्त्रिक बनाऔँ ।  

५. जनतामा जाऔँ, जनतालाई सुनौँ र त्यसअनुसार निर्णय गरौँ ।  

६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जवजको आत्मा हो, यसबाट दाँया/ बाँया नजाऔँ ।  

७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम सम्पन्न गर्ने अठोट गरौँ ।  

८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔँ ।  

९. देशभित्रको आन्तरिक सहमति अनि संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनुपर्दछ । विश्व समुदायले नेपालीहरूको यो प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौँ ।  

१०. GEN Z समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौँ । नेपाल बचाऔँ । नेपालीत्व जोगाऔँ ।

प्रकाशित: २५ भाद्र २०८२ १२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App