२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

समिक बडाल भन्छन् : रगत उम्लिन्छ, जब नेताले राष्ट्रको लागि अडान देखाउँछन्

नेकपा (एमाले) निकट विद्यार्थी नेता समिक बडालले देशको माटो बेचबिखन गर्नेहरूको मुखमा बज्र प्रहार भएको बताएका छन्।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने गरी भारत र चीनका बिचमा भएको सम्झौताप्रति असन्तुष्टि जनाएका थिए। सोही क्रममा ओलीको यस कामको प्रशंसा गर्दै बडालको यस्तो प्रतिक्रिया आएको हो।

उनले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको यस्तो अडानले देशको माटो बेचबिखन गर्नेहरूको मुखमा बज्र प्रहार भएको बताए। यस्तै बडालले नेताले राष्ट्रको लागि अडान देखाउँदा रगत उम्लिने समेत उल्लेख गरे।

'चीनमै उभिएर प्रधानमन्त्रीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भनेर ठाडो आवाज उठाउनुभयो। देशको माटो बेचबिखन गर्नेहरूको मुखमा बज्र प्रहार भएको छ,' उनले लेखेका छन्, 'रगत उम्लिन्छ, जब नेताले राष्ट्रको लागि अडान देखाउँछन्।'

प्रकाशित: १५ भाद्र २०८२ ०८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App