२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

सागर ढकाल सवार गाडी दुर्घटना, कस्तो छ उनको अवस्था ?

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटना भएको छ।

शुक्रबार उनी चढेको गाडी गुल्मी रेसुङ्गा नगरपालिका–४ अर्खलेमा  दुर्घटना भएको हो।

दुर्घटनापछि सांसद ढकालले आफ्नो अवस्था सामान्य रहेको बताएका छन्। सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले सामान्य दुर्घटना रहेको र गाडी सवार सबैजना सुरक्षित रहेको जानकारी दिएका छन्।

‘सामान्य दुर्घटना हो। व्यक्तिलाई केही पनि भएको छैन, गाडिमा सामान्य क्षति भएको छ,’ उनले लेखेका छन्,‘ भगवानको कृपाले  सबै  ठिक छ, सुशान्त वैदिक, म र आरपि महतो सबै ठिक छौँ। त्यही गाडीमै फर्किदै छौँ।’

पार्टी अधिवेशनका लागि ढकाल गुल्मी पुगेका थिए।

प्रकाशित: २२ जेष्ठ २०८३ १९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App