३ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

रास्वपा संसदीय दलको बैठकमा बालेन अनुपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक जारी रहेको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा अहिले बैठक बसिरहेको छ।

सभापति रवि लामिछानेले सदनमा पार्टीका सांसदको गतिविधिबारे छलफल गर्न बैठक राखेका हुन्।

सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफल सम्बन्धमा मन्त्रीहरुलाई समेत बैठकमा अनिवार्य उपस्थित हुन भनिएपछि मन्त्रीहरु पनि बैठकमा सहभागी भएका छन्।

संसदीय दलको नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह भने बैठकमा सहभागी छैनन्।

प्रकाशित: ३ भाद्र २०८३ १२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App