१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

‘क्यान्डिडेट क्लब’ बाट स्थानीय निर्वाचनमा रास्वपाको उम्मेदवार

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको आन्तरिक तयारी तीव्र बनाएको छ। निर्वाचनको मुखमा मात्रै उम्मेदवार छनोट गर्ने परम्परागत अभ्यासभन्दा फरक रहेर रास्वपाले निर्वाचनभन्दा निकै अगाडिदेखि नै आकाङ्क्षीको खोजी, परीक्षण र प्रशिक्षण प्रक्रिया अघि बढाएको हो। 

पार्टीले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूको पहिचान र तयारीलाई व्यवस्थित बनाउन खोजेको छ। उम्मेदवार छनोटलाई पारदर्शी, व्यवस्थित र सहभागितामूलक बनाउने उद्देश्यसहित रास्वपाले आन्तरिक गृहकार्य अघि बढाएको हो। 

यसैक्रममा विराटनगर महानगर समितिले सोमबार स्थानीय तह निर्वाचन केन्द्रित अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ। विराटनगर बसपार्कस्थित आरके पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा महानगरका १९ वटै वडाका सभापतिसहित नगरपालिका, गाउँपालिका, जिल्ला, प्रदेश र केन्द्रीय तहका नेता, सांसद तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता थियो। 

परम्परागत राजनीतिक दलहरूमा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार छनोट गर्ने र शीर्ष नेताको निर्णयका आधारमा टिकट वितरण गर्ने प्रवृत्ति रहँदै आएको छ। यस्तो अभ्यासभन्दा फरक ढंगले रास्वपाले समयमै आकाङ्क्षी पहिचान गरी उनीहरूको क्षमता परीक्षण तथा प्रशिक्षणमा जोड दिएको हो। 

प्रकाशित: १० कार्तिक २०८३ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App