भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले राजीनामा दिएकी छिन्। उनले आज बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाएकी हुन्। उनी चितवन–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्दै छिन्।
राजीनामा पत्रमा उनले लेखेकी छिन्, ‘उपरोक्त सम्बन्धमा म नगर प्रमुख रेनु दाहाल २०८२ फागुन २१ मा तोकिएको प्रतिनिधि सभा निर्वाचनमा यसै चितवन जिल्लाको क्षेत्र नं. ३ बाट उम्मेदवार हुने हुँदा नेपालको संविधान २०७२ को धारा २१६ को उपधारा ८ (ख) र निर्वाचन आचारसंहिता २०८२ को दफा ३८ समेतका आधारमा मैले भरतपुर महानगरपालिकाको नगर प्रमुख पदबाट यो राजीनामा गरेको छु।’
उनले अगाडि भनेकी छिन्, ‘मेरो नगर प्रमुखको कार्यावधिभर उचित सहयोग गर्नु भएकोमा नगर उपप्रमुखज्यूसहित सम्पूर्ण जनप्रतिनिधिज्यूहरू र कर्मचारीहरू तथा आम नगरवासी सबै प्रति आभार सहित धन्यवाद ज्ञापन गर्दछु। भरतपुर महानगरको समृद्धि, सुशासन, विकाश र सामाजिक न्यायको अभियानमा मेरो निरन्तर सहयोग रहने छ।’

प्रकाशित: ६ माघ २०८२ १०:५६ मंगलबार



-600x400.jpg)

