संविधानविद् भीमार्जुन आचार्यले संविधानलाई नागरिक सुरक्षा, मर्यादा, स्वतन्त्रता, भिन्न मतको सम्मान र जवाफदेहिताका लागि सम्झनुपर्ने बताएका छन्।
संविधान दिवसको अवसरमा शुभकामना दिँदै आचार्यले यस्तो बताएका हुन्। उनले संविधानले साझा हितको रक्षा, सामाजिक स्थायित्व र स्थिरता तथा वास्तविक विधिको शासन सुनिश्चित गर्नुपर्ने भनाइ राखे।
उनले अहंकाररहित र सीमित नागरिक सरकार तथा नागरिकका अधिकार र स्वतन्त्रताको संरक्षण संविधानको मूल उद्देश्य हुनुपर्ने बताएका छन्।
'संविधानलाई सम्झने नागरिक सुरक्षा, मर्यादा, स्वतन्त्रता, भिन्न मतको सम्मान, जवाफदेहिता, साझा हितको रक्षा, सामाजिक स्थायित्व र स्थिरता, साच्चैको विधिको शासन, कुनै अहंकार नभएको सीमित नागरिक सरकार र अरू यस्तै कुराका लागि हो,' उनले सामाजिक सञ्जालमार्फत लेख्छन्, 'संविधान दिवसको सबैमा शुभकामना!'
प्रकाशित: ३ आश्विन २०८३ ०८:४४ शनिबार



-600x400.jpg)

