२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

अनुसन्धान गर्न सिफारिस गर्नु भनेको अपराधी घोषणा गर्नु हैन : भावना राउत

जेनजी अभियान्ता भावना राउतले राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनको प्रतिवेदनमा थप अनुसन्धान गर्न सिफारिस गर्नु भनेको अपराधी घोषणा गर्नु नभएको बताएकी छन्।  

बुधबार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उच्च पदस्थ व्यक्तिहरू, जेनजी अभियान्ता, कलाकार तथा केही सांसदमाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरिएको छ । उक्त सिफारिसपछि सामाजिक सञ्जालमा राउतले अनुसन्धानको सिफारिसलाई आधार बनाएर व्यक्तिहरूमाथि ‘लेबलिङ, ट्रायल र चरित्र हत्या’  नगर्न आग्रह गरेकी  छिन्। 

राउतले भदौ २३ गते हजारौं युवाले अन्यायविरुद्ध आवाज उठाएको भन्दै अनुसन्धान गर्न सिफारिस हुनु भनेको अपराधी घोषणा हुनु नभएको बताएकी हुन्। थप अनुसन्धानमा सिफारिस हुदाँ चरित्र हत्या र पूर्वाग्रही टिप्पणी नगर्न आग्रह गरेकी हुन्। 

राउतले आन्दोलनका क्रममा युवाहरूको मृत्यु हुनु  पीडादायी भएको बताएकी छन्। ‘जलेका भवन फेरि बनाउन सकिन्छ, तर गोलीले खुम्चिएका सपना र गुमेका जीवन फर्काउन सकिँदैन,’ उनले लेखेकी छिन्।  

साथै आन्दोलनमा सहभागी भएका विभिन्न अभियन्ता, कलाकार तथा युवाहरू कुनै ‘मास्टर प्लान’ लिएर सडकमा नगएको उनको दावी छ।  

‘त्यो दिन कुनै एक व्यक्तिको डिजाइन थिएन, त्यो वर्षौंदेखि थिचिएको पीडा, निराशा र आक्रोश फुटेको दिन थियो,’ उनले लेखेकी छिन्।  

प्रकाशित: १४ जेष्ठ २०८३ १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App