१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको अवरोध हटाउन विपक्षीसँग छलफलमा रवि लामिछाने

फाइल तस्बिर

प्रतिनिधि सभाको गतिरोध हटाउन रास्वपाका सभापति रवि लामिछानेले  विपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका छन्।

सिंहदरबारस्थित संसद् भवनमा सभापति लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका हुन्।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली माओवादीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीसहितका नेताहरूसँग सहभागि छन्।

यसअघि विपक्षी दलहरुले प्रतिनिधि सभामा साझा रणनीति बनाउनको लागि छुट्टै छलफल गरेका थिए। उनीहरुले आफ्नो अडान कायमै राखेका छन्।

विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उनले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्दै सदन अवरोध गर्दै आएका छन्।

बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।

प्रकाशित: २७ जेष्ठ २०८३ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App