राप्रपाको नवलपरासी (बसुप)को जिल्ला अधिवेशनबाट अध्यक्षमा रामभवन यादव निर्वाचित भएका छन्। चारजना उमेदवारको प्रतिस्पर्धा भएकोमा यादव निर्वाचित भएका हुन् ।
यसैगरी, राप्रपाको नागार्जुन नगरपालिका अधिवेशनबाट महेश रिमाल सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् । नागार्जुन नगरपालिकाको वडा नं ५ का वडा अध्यक्ष समेत रहेका रिमाल बहालवाला जनप्रतिनिधि समेत हुन्। रिमाल अघिल्लोपटक पनि सोही वडाको अध्यक्ष रहेका थिए।
राप्रपाले मंसिरको २६, २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। भदौ मसान्तसम्म सबै स्थानीय तह र जिल्लाको अधिवेशन गर्ने तालिका बनाएको राप्रपाको देशैभर धमाधम अधिवेशनहरु भइरहेको र अधिकांश ठाउॅमा अधिवेशनको मिति तोकेर आवश्यक तयारी भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
प्रकाशित: ३१ श्रावण २०८३ १६:१९ आइतबार





