३० चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

नेपालको चुच्चे नक्सा अगाडी प्रधानमन्त्री शाहसँग भारतीय राजदूत

नेपालको चुच्चे नक्सा भारतले अस्वीकार गर्दै आएको छ । कूटनीतिक बैठकहरूमा पनि भारतीय अधिकारीले नेपालसँग भेटवार्ता गर्दा चुच्चे नक्सा अगाडी तस्बिर खिचाउन अस्वीकार गर्दै आएका थिए ।

तर बुधबार प्रधानमन्त्रीसँगको छलफलका क्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको चुच्चे नक्सा अगाडी नै तस्बिर लिएका छन् ।  

प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटपछि खिचिएको तस्बिरमा श्रीवास्तावले नेपालको चुच्चे नक्सालाई स्वीकार गरेको सन्देश मिलेको छ ।  

बुधबार प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामुहिक भेट र संवाद गरेका थिए।

भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत/नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो।

राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। उनीहरूले नेपाली जनताको हितमा परिणाम दिने गरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता समेत व्यक्त गरे।

प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्‍याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकतामा जोड दिए।

प्रकाशित: २५ चैत्र २०८२ १७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App