२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्दै प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्दै छन्।

छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ।

बैठकमा स्वदेशी जुत्ता चप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका विद्यमान चुनौती र नीतिगत सुधारका विषयमा ठोस छलफल हुने कार्यतालिका रहेको छ।

प्रकाशित: १ श्रावण २०८३ १०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App