२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले भनिन्- बर्दिया घटनाले मर्माहत छु, प्रधानमन्त्रीका रूपमा माफी चाहन्छु

प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता प्राप्तिको संघर्षका क्रममा एक युवती र उनका बुवाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै माफी मागेकी छन्।

शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले उक्त घटनाले आफूलाई मर्माहत बनाएको बताएकी हुन्।

बर्दियाको बढैयाताल–४ दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दा गर्दै मृत्युको बाटो रोजेको थिइन्। त्यसको एक महिनामै उनका ६१ वर्षीय बुवाको समेत निधन भएको थियो।

प्रधामन्त्री कार्कीले यस घटना समाज र राज्यका लागि ग्लानिको विषय भएको बताएकी छन्।

‘न्यायिक–प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रूपमा म माफी चाहन्छु।’ प्रधानमन्त्री कार्कीले लेखेकी छन्।

साथै, प्रधानमन्त्री कार्कीले यस घटनाको गहिराइमा पुगेर सत्यतथ्य अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको समेत जानकारी गराएकी छन्।

नागरिकता लगायत लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद र हिंसा सह्य नहुने बताउँदै उनले न्यायको मार्गमा सबै पक्षले सहजीकरण गर्नुपर्नेमा जोड दिइन्।

प्रकाशित: २० मंसिर २०८२ २०:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App