प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरिरहका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको छ।
बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुने बुझिएको छ। यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ।
प्रकाशित: ७ वैशाख २०८३ १२:३१ सोमबार





