२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँगकाे छलफलमा प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसहित कर्मचारीहरूसँग छलफल गरिरेहका छन्। 

छलफलमा अर्थ मन्त्री पनि सहभागी छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेकाे बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उक्त छलफलमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावहरूबारेसमेत छलफल हुनेछ।

प्रकाशित: ८ वैशाख २०८३ १४:२३ मंगलबार