राष्ट्रपति रामचन्द्र पौडेलले आगामी शुक्रबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
राष्ट्रपति कार्यालयले बुधबार संघीय संसद्लाई पत्र लेख्दै शुक्रबार अपराह्न ३ बजे बस्ने बैठकमा संबोधन गर्ने जानकारी गराएको हो। संघीय संसद्का प्रवक्ता एकराम गिरीले शीतल निवासबाट पत्र प्राप्त भएको जानकारी गराउँदै सांसदहरूलाई जानकारी गराउन सुरु भएको बताए।
बजेट अधिवेशनमा संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रावधान गहेपनि हिउँदे अधिवेशनमा भने उक्त विषय उल्लेख छैन। गिरीका अनुसार, राष्ट्रपति पौडेलको संबोधनको विषयबारे सचिवालयमा कुनै जानकारी प्राप्त नभएको बताए।
.jpg)
प्रकाशित: २५ चैत्र २०८२ १७:३८ बुधबार





