६ भाद्र २०८३ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपतिलाई बधाई

राष्ट्रपति रामचन्द्र पौडेलले बंगलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएकामा बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बंगलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्‍याएका छन्।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बंगलादेशका जनतालाई आपसमा जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेकाे ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रकाशित: ६ भाद्र २०८३ ०७:२५ शनिबार