नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
दुर्घटनामा परी १० जना यात्रुको मृत्यु भएको र केही यात्रु घाइते भएको खबरले आफू स्तब्ध र मर्माहत भएको उनले बताएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
त्यस्तै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी उपचार तथा आवश्यक सहयोगको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।
प्रकाशित: २६ कार्तिक २०८३ १०:३० बिहीबार





