राजनीतिक विश्लेषक झलक सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबिचको सहमति दुवैको बाध्यता रहेको टिप्पणी गरेका छन्।
‘बालेन साहको पार्टी थिएन। उनलाई आफूसँग जनमत छ भन्ने विश्वास छ। त्यो विश्वास रवि लामिछानेलाई पनि भयो। बालेनले पनि रास्वपामा पस्न सर्त राखे, सर्त भावी प्रधानमन्त्री र संसदीय दलको नेता आफू हुनुपर्ने थियो,’ सुवेदी भन्छन्, ‘ यसर्थ यी दुई व्यक्तिलाई आवश्यकताले एक ठाउँमा उभ्यायो। दल भएका र नभएकाबिचको सहमति हो यो।’
तर उनले या सहमतिलाई सकारात्मक मान्नुपर्ने बताए। ‘जेनजी आन्दोलनपछि वैकल्पिक राजनीतिक धारको नेतृत्व कसले गर्ने भन्ने संशय भइरहेको अवस्थामा भएको लामिछाने–साह सहमतिलाई सकारात्मक मान्नुपर्छ,’ उनले भने ।
प्रकाशित: १४ पुस २०८२ ०८:२८ सोमबार




