नेकपा एमालेका सांसद ऐन महरले हाल अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको २३औँ संस्करणको फिफा विश्वकप फुटबल नेपालमा नि:शुल्क हेर्ने वातावरण मिलाउन माग गरेका छन्।
नेपालमा विश्वकप हेर्नका लागि ९९९ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको प्रति आपत्ति जनाउँदै उनले यसलाई ‘सरासर लुट’ को संज्ञा दिए।
संसद्मा बोल्दै महरले भने, ‘अहिले अमेरिका, मेक्सिको र क्यानडामा फुटबलको २३औँ संस्करण वर्ल्ड कप चलिराख्या छ। तर विडम्बना के भने नेपालमा अहिले त्यो वर्ल्ड कप हेर्नका लागि ९९९ रुपैयाँ तिर्नुपर्छ। यो सरासर लुट हो।’
उनले आम नेपाली फुटबल प्रेमीका लागि सबै टेलिभिजन मार्फत विश्वकप नि:शुल्क हेर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण समेत गराए।
‘म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, सबै टिभी मार्फत नि:शुल्क हेर्ने वातावरण मिलाइनुपर्दछ,’ उनले अगाडि भने।
प्रकाशित: ३ असार २०८३ १३:१९ बुधबार





