१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

कोरला नाकालाई सञ्चालन गर्न सरकारसँग पद्मा अर्यालको माग

प्रतिनिधिसभा सदस्य पद्मा कुमारी अर्यालले त्रिशूली–भोटेकोशी बाढीका कारण रसुवागढी सहित तातोपानी नाका समेत बन्द रहेकाले कोरला नाकालाई वैकल्पिक नाकाका रूपमा विकास गर्न सरकारसँग माग गरेकी छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले कालीगण्डकीमा आएको बाढीका कारण कोरला नाकातर्फको सडकसमेत क्षतिग्रस्त भएको भन्दै सडक तत्काल पुनर्निर्माण गरी कोरला नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति थपगर्नु पर्ने बताइन्। 

उनले कोरला नाकाको दीर्घकालीन विकासका लागि सीमा तथा भन्सार क्षेत्रमा सशक्त प्रशासनिक संरचना निर्माण गर्नुपर्ने र आवश्यक भौतिक पूर्वाधार निर्माण तथा नाकाको क्षमता अभिवृद्धिमा सरकारले लगानी बढाउनुपर्ने बताइन्। 

‘चीनबाट आउने सामान सहज र सुलभ रूपमा आयात गर्न सक्ने वातावरण बनाउन सरकारले चीन सरकारसँग उच्चस्तरीय कूटनीतिक वार्ता गरोस्,’ उनले भनिन्।  

अर्यालले कोरला नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न संरचना निर्माण, थप जनशक्ति व्यवस्थापन र आवश्यक पूर्वाधार विकासमा सरकारले प्राथमिकताका साथ लगानी गर्नुपर्नेमा जोड दिइन्। 

प्रकाशित: १६ आश्विन २०८३ १८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App