४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

निवर्तमान मुख्यमन्त्री सोनलको आरोप : प्रदेश प्रमुख भण्डारीले मधेशको अस्मितालाई समाप्त पारिन्

मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीप्रति गम्भीर आरोप लगाएका छन्।

प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेशका जनतासँग धोका गरेको भन्दै आरोप लगाए। उनले स्वास्थ उपचारको नाममा निस्केकी प्रमुख भन्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरेको गम्भीर आरोप लगाए।

'मधेश प्रदेशको जनतासँग धोका भयो। स्वास्थ उपचारको नाममा निस्केकी मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरी को सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन्,' सोनलले सामाजिक सञ्जालमा लेखेका छन्, 'एक त महिला अर्को स्वास्थको कुरा गरिन्।'

आजै प्रदेश प्रमुख भण्डारीले प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त गरेकी छन्।

अबेर राति जनकपुरधाम बाहिर पुगेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपदफा ३ बमोजिम मधेसको मुख्यमन्त्री पदमा यादवलाई नियुक्त गरेकी हुन्। यादव एमालेबाट प्रदेशसभा सदस्य तथा एमाले मधेस प्रदेश संसदीय दलका नेता हुन्।

मुख्यमन्त्रीमा नियुक्त भएका सोनलले आफू नेतृत्वको सरकार संकटमा पर्ने देखेपछि विश्वासको मत नलिएर राजीनामा दिएका थिए।

प्रकाशित: २४ कार्तिक २०८२ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App