९ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

एनपिएल एकताको सुन्दर संगम हो : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाई लिएको बताएकी छिन्।

प्रतियोगिताअघि मन्त्री गौतमले नेपाली क्रिकेटको उत्साहले नयाँ उचाई लिएको बताउँदै एनपिएल नेपाली प्रतिभा, नीजि क्षेत्रको सामथ्र्य र राष्ट्रिय एकताको सुन्दर सङ्गम रहेको जिकिर गरिन्।

‘आजबाट सुरु हुने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिँदै छ। एनपिएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामथ्र्य र राष्ट्रिय एकताको सुन्दर संगम हो।’

एनपिएलको तेस्रो संस्करण आजबाट त्रिवि मैदानमा सुरु हुँदैछ। उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।

एक महिनासम्म चल्ने प्रतियोगितामा नेपाली र चर्चित विदेशी खेलाडीहरुको जमघट हुनेछ।

मन्त्री गौतमले एनपिएल नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभाहरुलाई विश्वस्तरीय खेलाडीसँग एउटै मैदानमा उभ्याउने सपनाको उडान भएको पनि बताएकी छिन्।

‘नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभाहरूलाई विश्वस्तरीय खेलाडीहरूसँग एउटै मैदानमा उभ्याउने यो मञ्चले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउनुका साथै हजारौँ युवाको आत्मविश्वास बढाउने र सपनालाई नयाँ उडान दिनेछ।’

मन्त्री गौतमले सरकारले उचित वातावरण सिर्जना गरिदिने हो भने निजी क्षेत्रले सम्भावनालाई उद्योगमा, प्रतिभालाई अवसरमा र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सक्छ भन्ने उत्कृष्ट उदाहरण एनपिएल बनेको बताइन्।

उनले सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई शुभकामना दिँदै जुन टिमले प्रतियोगिता जितेपनि जित नेपाली क्रिकेटकै हुने धारणा व्यक्त गरेकी छिन्।

प्रकाशित: ९ कार्तिक २०८३ १४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App