५ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा केन्द्रीय सदस्यमा तीन मन्त्रीसहित ९ जना मनोनीत

रास्वपाको केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसहित नौ जना मनोनीत भएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

यस्तै गुरुङ, लम्साल र रावल बाहेक भूपदेव शाह, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई मनोनीत भएका छन्।

यस्तै, संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पुर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, अर्थ विभागमा लीमा अधिकारी मनोनीत भएका छन्।

प्रकाशित: ५ भाद्र २०८३ १५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App