१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

नवनिर्वाचित उपसभामुख रुवी कुमारीद्वारा पदभार ग्रहण

प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख रुवी कुमारीले पदभार ग्रहण गरेकी छन्। शुक्रबार उपसभामुख निर्वाचत भएकी उनले आज (सोमबार) मात्रै पदबहाली गरेकी हुन्।  

ठाकुरले शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी थिइन्। 

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्री तथा सांसदहरुको उपस्थिति थियो।

प्रकाशित: ३० चैत्र २०८२ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App